धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु जिसि « Arthapath.com
२२ असार २०७८, मंगलवार

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु जिसि



युनियनसंगै मिलेर बजारको विकास गर्ने अध्यक्ष ढुङ्गानाको भनाई

काठमाडौं । व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैठौं विशेष अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । बोर्ड कर्मचारी युनियनको अधिबेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ । राजु बहादुर जिसिको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो ।

छैठौं विशेष अधिवेशनले राजु बहादुर जि.सि.को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिमाख बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाईली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन् । कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैठौं बिशेष अधिबेशन सम्पन्न भएको छ । असार १८ गत शुक्रबार धितोपत्र बोर्ड, खुमलटार, ललितपुरमा बिशेष अधिबेशन सम्पन्न भएको हो । अधिबेशनको उद्घाटन युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा भएको थियो । उद्घाटन कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको सुभकामना दिए । कार्यक्रमको प्रमुख अथितिमा बोर्डका अध्यक्ष भिष्माराज ढुंगाना रहेका थिए । उक्त कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले संचालन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्