भोलीदेखि यूनियन लाइफ इन्स्योरेन्सको ६४ लाख ५० हजार कित्ता आईपीओ आउदै, कति कित्ता आवेदन दिने ?

काठमाडौं । भोली असार २४ गतेबाट यूनियन लाइफ इन्स्योरेन्सको आईपीअे आउदै छ । कम्पनिले चुक्ता पुजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने लागेको हो ।
कम्पनिले निष्काशन गर्ने शेयरमध्ये ३ लाख २२ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई , ३ लाख २२ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने लागेको हो ।
इन्स्योरेन्सको आईपियोमा सर्वधाधरण लगानिकर्ताले ५८ लाख ५ हजार कित्ताको लागि न्युनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सकिन्छ ।
आइपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। यदि २८ गतेसम्म पनि आवेदन नपरेमा मात्र साउन ७ गतेसम्म आवेदन दिन पाईन्छ ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।लगानिकर्ताहरुले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।