सामाजिक सुरक्षा कोषः वित्तीय क्षेत्रका कर्मचारीको आन्दोलन (फोटोफिचर)

काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध आइतबारदेखि वित्तीय क्षेत्रका कर्मचारीले आन्दोलन शुरु गरेका टन् । देशभरिका शाखाहरुमा वित्तीय क्षेत्रका कर्मचारीले हातमा कालोपट्टी बाँधेर देशव्यापी आन्दोलन गरेका हुन् । सामाजिक सुरक्षा कोष विरुद्ध पहिलोचरण अन्तर्गत असार २७ गतेदेखि असार ३१ गतेसम्म बिहान १० बजेदेखि १०ः१५ बजेसम्म आन्दोलन गर्ने तालिका सार्वजनिक गरेका छन् ।
असार महिनाको चटारो लागेका बेला पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर देशव्यापी आन्दोलन शुरु गरेका हुन् ।आफूहरुका माग सम्बोधन नगरेको भन्दै सार्वच्चमा मुद्धा दायर गरेका कर्मचारीले आन्दोलन पनि जारी राखेका हुन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघले प्रेस विज्ञप्ति नै जारी गरेर कर्मचारीलाई शान्तिपूर्ण आन्दोलन गर्न भनेको थियो । उनीहरुले आज हातमा कालोपट्टी बाँधेर ‘द्वन्द्ध होइन सामाधन चाहन्छौँ’ भन्दै कालो ब्यानर प्रदर्शनी गरेका हुन् ।








