निर्धन उत्थान लघुवित्तको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा हालेको छ । लघुवित्तले १३ प्रतिशत बोनस शेयर आफना शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।
फागुन २५ गते सम्पन्न लघुवित्तको २२ औँ वार्षिक साधारण सभाले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
२०७७ फागुन १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा १३ प्रतिशतका दरले हुन आउने बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । त्यसैगरी फागुन १० गतेसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई लघुवित्तले शीघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन आग्रह गरेको छ ।
लघुवित्तको शेयर रजिष्ट्रार कार्यालयमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।