यूनियन लाइफको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस « Arthapath.com
३१ असार २०७८, बिहीबार

यूनियन लाइफको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) अहिले बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बाँडफाँड गरिएको हो । मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड गर्दा ५ लाख ८० हजार ५ जनाले मात्रै १० कित्ताका दरले पाएका छन् भने अरु सबैको हात खालि भएको हो ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आइपीओमा २१ लाख ७२ हजार ८६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन परेको हो । क्यापिटलका अनुसार २१ लाख १७ हजारको मात्रै आवेदन सदर भएको छ भने बाँकि आवेदक रद्द गरिएको छ ।

आईपीओको रिजल्ट यूनियन लाइफको वेबसाइट https://iporesult.unionlife.com.np, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोस्

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

https://results.prabhucapital.com/

https://unionlife.com.np/


प्रतिक्रिया दिनुहोस्