एक्सेल डेभलपमेन्ट बैंकको सीईओ पोखरेलको पदावधी सकियो, कामु सीईओमा कार्की नियुक्त

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको कामु सीईओमा कार्की नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले एक्सेल डेभलपमेन्ट बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत पदमा लेखराज कार्कीलाई नियुक्त गरेको हो ।
कामु सीईओ कार्कीलाई आज साउन १ गतेदेखि लागू हुनेगरि नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कार्कीलाई साउन १ गतेदेखि लागु हुने गरी कामु सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।
यसअघि प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशकुमार पोखरेलको पदावधी असार मसान्तबाट सकिएको हो ।