राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी बीच सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्झौता « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी बीच सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) नेपाल बीच रकम भुक्तानी गर्ने सम्झौता गरेको छ । सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा आज शुक्रबार राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका छन।

सम्झौता सम्पन्न भएपछि युनडिपीको प्रयास कार्यक्रम अन्तर्गत पहिचान भएका सिमान्तकृत घरधुरीहरुलाई युनडिपीले उपलब्ध गराउने रकम राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता मार्फत भुक्तानी गर्ने छ ।

कार्यक्रममा बोल्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरु मध्ये उद्यमी गर्न चाहने विपन्न उद्यमीहरुलाई बैंकले सहूलियपूर्ण कर्जा लगानी गर्न सकिने बताए ।

Tags :

प्रतिक्रिया दिनुहोस्