दोस्रो चरणमा कांग्रेसबाट मन्त्री बन्ने यी हुन् सम्भावित नेता ! « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

दोस्रो चरणमा कांग्रेसबाट मन्त्री बन्ने यी हुन् सम्भावित नेता !



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले दोस्रो चरणमा मन्त्रीपरिषद विस्तार गर्ने तयारी थालेका छन् । पहिलोचरणमा सानो आकारमा प्रधानमन्त्रीसहित ४ मन्त्री नियुक्त भएका थिए । दोस्रो चरणमा म्नत्रीपरिषद् विस्तार गर्न गरि तयारी थालेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाज पार्टीको गठबन्धनबाट देउवा नेतृत्वको सरकारले मन्त्रीहरु छनौट गरिरहेको छ । सरकारमा तीनै पार्टीका सांसदलाई मन्त्री बनाउनुपर्नेछ । यतिबेला प्रधानमन्त्रीलाई पार्टीभित्र र पार्टीबाहिरबाट पनि मन्त्री बनाउनमा सकस परिरहेको छ ।

कांग्रेस पार्टीले ११ जनासम्म मन्त्री पाउने पक्कापक्की जस्तै छ । देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्रीसहित ११ मन्त्रालय कांग्रेसको भागमा पर्ने सम्भावना छ । पाटीभित्रैबाट पनि देउवालाई रामचन्द्र पौडेल समुह र पूवमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट पनि मन्त्री बनाउनुपर्ने बाध्यता छ ।

स्रोतका अनुसार देउवापक्षबाट जीपछिरिङ लामा, मोहन आचार्य, बहादुरसिंह लामा मध्येबाट एक जना मन्त्री बन्नेछन् । पुष्पा भुसाल, रमेशजंग रायमाझी र अभिशेकप्रताप शाहमध्येबाट मन्त्री बन्ने छन् । मन्त्रीपरिषदमा महिलाको कोटा पुर्याउनुपर्ने भएकाले भुसालको सम्भावना बढि रहेको छ । यसअघि देउवा पक्षबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानून मन्त्री बनेका हुन् ।

यता बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्रकाशमान सिंह, सुजता कोइराला, तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने चर्चा छ । पूर्वमहामन्त्री सिटौलाको समूहबाट भने गगन थापा र उमाकान्त चौधरीमध्ये एक जना बन्त्री बन्ने पक्कापक्की जस्तै रहेको स्रोतले बतायो ।

त्यस्तै, मन्त्री पदका लागी उद्योगपति बिनोद चौधरी पनि लविङ गरिरहेका छन् भने डा. मिनेन्द्र रिजालले पनि आफूलाई मन्त्री बनाउनु पर्ने भन्दै लबिङमा लागेको स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्