शनिबार थप २१६४ जना निको भए, २१ जनाको मुत्यु « Arthapath.com
२ श्रावण २०७८, शनिबार

शनिबार थप २१६४ जना निको भए, २१ जनाको मुत्यु



काठमाडौं । आज शनिबार २ हजार १ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ । हाल देशभर २५ हजार ९ सय ५२ जना संक्रिय संक्रमित रहेका छन ।

त्यसैगरी वितेको २४ घण्टामा थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर विधिबाट १३ सय १० र एन्टीजेन विधिबाट ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्