मिर्मिरे लघुवित्तले सुरु गर्यो शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तालिम « Arthapath.com
२ श्रावण २०७८, शनिबार

मिर्मिरे लघुवित्तले सुरु गर्यो शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तालिम



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले नयाँ आर्थिक वर्षको शुरुवाती शाखा प्रमुखहरुलाई तालिमको साथमा गरेको छ ।महोत्तरीको बर्दिवास स्थित होटल विनायकमा बर्दिवास ब्लक तथा वरपरका १८ वटा शाखाका शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन तालिम श्रावणको १ र २ गते सम्पन्न गरेको हो ।

संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपाने, सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहरा एवं योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले शाखा प्रमुखहरुलाई नयाँ आर्थिक वर्ष २०७८÷७९ को रणनीति, व्यवसाय विस्तार, क्षमता अभिबृद्धि, शाखा तथा जोखिम व्यवस्थापन लगायतका विषयवस्तुहरु प्रशिक्षण दिएका छन ।

नयाँ आर्थिक वर्षको शुरुवातीमै आगामी वर्षको रणनीति एवं क्षमता अभिबृद्धि हुने खालको तालिमले यो वर्षको लक्ष्य हासिल गर्नको लागि सहज हुने शाखा प्रमुखहरुले बताएका छन । कर्मचारीहरु नै संस्थाको मुख्य सम्पत्ती भएको हुँदा कर्मचारीहरुलाई समय सापेक्ष सीपालु एवं दक्ष बनाउनको लागि यस्ता किसिमका तालिमहरुको नीयमित आयोजना गर्दै जाने संस्थाका सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहराले बताए ।

यस आर्थिक वर्ष मिर्मिरेको उत्कृष्ट कार्य प्रगति वर्ष बनाउनको लागि शुरुवातीबाट नै लागि परेको निमित्त प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले जानकारी दिएका छन ।

त्यसै गरि संस्थाको सुदुरपश्चिम क्षेत्र अमरगढीमा पनि शाखा प्रमुखहरुको लागि व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन तालिम शुरु गरेको छ ।लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलान्चोकको बनेपा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्