दोस्रोपल्ट सर्वोच्चबाट ब्युँतिएको प्रतिनिधिसभा बैठक आज बस्दै « Arthapath.com
३ श्रावण २०७८, आईतवार

दोस्रोपल्ट सर्वोच्चबाट ब्युँतिएको प्रतिनिधिसभा बैठक आज बस्दै



काठमाडौं । दोस्रोपल्ट सर्वोच्चबाट ब्युँतिएको प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आज सुरु हुदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन ।


सर्वाेच्च अदालतको संवंधानिक इजलासले असार २७ गते प्रतिनिधिसभा विघटनविरुद्द परेको रिटमा फैसला गदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर एक साता भित्र संसद बैठक बोलाउन परमादेश जारी गरेको थियो । सोहि अनुरुप आज ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने छ ।

बैंठक बस्नका लागि स्वास्थ्य मापदण्डको तय, पदाधिकारी, सांसद, र कर्मचारीको कोरोना परीक्षणसमेत भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्