सिभिल बैंकले ९ प्रतिशत ब्याजदरमा ३ अर्वकोे ऋणपत्र बिक्री गर्ने

काठमाडौं । सिभिल बैंकले ९ प्रतिशत ब्याजदरमा ३ अर्वकोे ऋणपत्र बिक्री गर्ने भएको छ । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्काशन गर्न लागेको १ हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता निष्काशन गर्ने भएको हो ।
बैंकले ९ प्रतिशतमा ३ अर्ब रुपैयाँको “९ प्रतिशत सिभिल बैंक डिबेञ्चर” निष्कासन गर्ने भएको हो । बैंकको ऋणपत्रको प्रत्याभूती गर्नका लागि निष्काशनकर्ता सिभिल बैंक लिमिटेड तथा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेडले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम आज असार ३ गते प्रत्याभूती सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सिभिल बैंकले निष्काशन गर्ने “९ प्रतिशत सिभिल बैंक डिबेञ्चर” डिबेन्चरहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भएबमोजिम बिक्री हुन नसकेमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।
यसक्रममा प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, प्रभु क्यापिटल लिमिटेडले रु ३५ करोड, ग्लोबल आइएमई क्यापिटल लिमिटेडले रु ३० करोड र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले रु ३५ करोड बरावरको डिवेन्चर पत्याभुति गर्ने सम्झौत गरेका हुन् ।