वालिङ्ग मालपोत कार्यालयमा माटापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

वालिङ्ग मालपोत कार्यालयमा माटापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर



काठमाडौं । माटापुच्छ्रे बैंकले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकता लाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो । साउन ५ गतेबाट संचालनमा ल्याईएको एक्सटेन्सन काउण्टरको वालिङ्ग नगरपालीकाका मेयर दिलिप प्रताप खाँडले उद्घाटन गर्नुभएको थियो ।

माटापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले स्याङ्गजा जिल्लाको वालिङ्गमा सुरु गरेको उक्त काउण्टर मार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

माटापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।


प्रतिक्रिया दिनुहोस्