सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सुविधा « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सुविधा



काठमाडौं । आफ्ना ग्राहकहरुलाई समयसापेक्ष सेवा सुविधाहरु दिदै आएको सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटिएम मेशिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटिएमबाट रकम झिक्न सक्नेछन् ।

यस सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस मोबाइल बैंकिङ्ग प्रयोग गरी Cardless Withdrawal Option मा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली submit गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा OTP code SMS मार्फत आउनेछ । सनराइज बैंकको ए.टि.एम.मा गई Cardless Withdrawal option रोजी SMS मा आएको OTP code को प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको OTP code भने गोप्य र सुरक्षित राख्न अति आवश्यक छ ।

नयाँ र अत्याधुनिक यस प्रबिधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग ए.टि.एम मार्फत सजिलै रकम झिक्न सकिने छ । सन्राइज बैंकले यस अघि पनि Missed Call बाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा ए.टि.एम मार्फत लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्