मनकामना स्मार्ट लघुवित्तको ओपनिङ रेञ्ज न्यूनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँ ! « Arthapath.com
६ श्रावण २०७८, बुधबार

मनकामना स्मार्ट लघुवित्तको ओपनिङ रेञ्ज न्यूनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँ !



काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर (आईपीईओ) को बाँडफाँड सम्पन्न भैसकेको छ । लघुवित्तको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुन बाँकि रहेको छ । तर यसको पहिलो कारोबार कतिमा होला भनेर चासोका रुपमा लिईएको छ ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओको ओपनिङ रेञ्ज न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्म तोक्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले १० कित्ताका दरले पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन् ।कम्पनीले असार १७ गतेदेखि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको थियो ।


प्रतिक्रिया दिनुहोस्