मैलुङ खोला जलविद्युतले ७ लाख ३६ हजार कित्ता आईपीओ निष्काशन गर्दै « Arthapath.com
६ श्रावण २०७८, बुधबार

मैलुङ खोला जलविद्युतले ७ लाख ३६ हजार कित्ता आईपीओ निष्काशन गर्दै



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्काशन गदै छ । कम्पनिले सर्वसाधारण लागि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनिले निष्काशन गरेको शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याउने कम्पनिले जनाएको छ । बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

उक्त शेयरमा इच्छुक आवेदकले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन । यदि उक्त समयसम्म पूर्ण आवेदन नपरेमा साउन २८ गतेसम्म समय थप हुने कम्पनिले जनाएको छ ।

आवेदकले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयर खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्