कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिका लागी दौडधुप, कसले मार्ला बाजी ? « Arthapath.com
६ श्रावण २०७८, बुधबार

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिका लागी दौडधुप, कसले मार्ला बाजी ?



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी ब्यापक रुपमा चलेको छ । केन्द्रदेखि तल्लो तहमा समेत नेतृत्वको लागी नेताहरु दौडधुप गरिरहेका छन् । केन्द्रिय नेतृत्वका लागी दर्जन नेताहरुले आकांक्षा राखेका छन् भने तल्लो तहमा भने नेताहरु शक्ति केन्द्रमा दौडधुप गरिरहेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन केन्द्रमा एक किसिमको चर्चा छ भने प्रदेशमा पनि नेताहरुले नेतृत्वका लागी आकांक्षा राखेका छन् । यसैबीच सुदूरपश्चिम प्रदेश सभापतिका लागी झण्डै आधा दर्जन नेताहरुले दावी गरिरहेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशको सभापतिका लागि ५ जना नेताले नेताहरुसँग लविङ गरिरहेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह प्रदेश भएकाले पनि सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षबाट नै सभापति बन्ने सम्भावना छ । तर यस पटक देउवा पक्षका नेताहरुबीच नै सभापतिका लागी प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि अछाम जिल्लाका २ जना, कञ्चनपुर, बझाङ र कैलाली जिल्लाका १–१ जना गरि ५ जनाले लविङ गरिहरका छन् ।

अछामका बलबहादुर कुँवरले सुदूरपश्चिमको सभापतिमा दावी नगरेको बताएका छन् । उनले भने, “आफ्नो ब्यक्तिगत चाहनाले कुनै दावी गरेको छैन् तर माथिल्लो तहबाट कुनै जिम्मेवारी आएपछि सम्हाल्न तयार छुँ ।” कुँवर पूर्व राजदूत हुन् । यता अछामकै गोविन्द शाहले पनि प्रदेश सभापतिका लागी दावी गरेका छन् । शाह पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री हुन् ।

प्रदेश सभापतिका लागी कैलालीबाट नरनारायण शाहले पनि दावी गरेका छन् । नरनारायण शाहले २ पटक कैलाली जिल्ला सभापतिको जिम्मेवारी सम्हाली सकेका छन् । कैलाली कांग्रेसको २ पटक नेतृत्व लिइसकेका वर्तमान सभापति नरनारायण शाह (मनु) यसपटक भने प्रदेश सभापतिका लागी खुलेर नै दावी गरिरहेका छन् । उनले टिकट पाउने सम्भावना पनि बलियो रहेको स्रोतले बताएको छ ।

तराईका २ जिल्लामध्ये कञ्चनपुरबाट भने बहादुर सिंहले पनि प्रदेश सभापतिका लागी आकांक्षा राखेको स्रोतले बताएको छ । थापा कञ्चनपुरका पूर्व पार्टी सभापति हुन् । बझाङबाट अर्जुनजंग बहादुर सिंहले पनि सभापतिका लागी दावी गरेको स्रोतले बताएको छ । सिंह पूर्व राजदूत हुन् ।

प्रदेश सभापतिले पुरै प्रदेशको जिम्मेवारी सम्हाल्ने भएकाले केन्द्रमा समेत छवि भएका नेताले प्रदेश दावी गर्न सक्ने स्रोतले बताएको छ । स्रोतका अनुसार रमेश लेखक, एनपी साँउद, दिलेन्द्र प्रसाद बडु लगायतका नेताहरुबीच नै प्रदेश सभापतिका लागी प्रतिस्पर्धा हुनसक्ने दावी छ ।


प्रतिक्रिया दिनुहोस्