विश्व हिन्दू परिषद नेपालद्वारा डा.बाबुराम भट्टराई विरूद्ध देशव्यापी प्रदर्शन « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

विश्व हिन्दू परिषद नेपालद्वारा डा.बाबुराम भट्टराई विरूद्ध देशव्यापी प्रदर्शन



काठमाडौं । विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषदले राजविराज, विरगंज जस्ता देशका मुख्य शहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरुले डा।भट्टराई विरूद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

बहुसंख्यक सनातन धर्माबलम्बिहरुको आस्थामाथि खेलवाड गर्दै दिईएको उक्त अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको छ । विदेशी विधर्मी शक्तिहरूद्वारा सञ्चालित व्यक्ति तथा संगठनहरुले पटक–पटक सनातन धर्माबलम्बीहरुको आस्थासँग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रले उजागर गरेकै छ । त्यस्ता असमाजिक तत्वहरुको समय मै कानुनी कारवाही हुन नसक्दा उनीहरुको मनोवल झनै बढेको देखिन्छ । हिन्दू विरूद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल जोडदार माग गर्दछ ।

साथै सनातन धर्म विरोधी तत्वहरुलाई समय मै पहिचान गरी समाजिक बहिष्कार गर्न सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विहिप नेपाल हार्दिक अपिल गर्दछ–प्रदर्शनका क्रममा सहभागी परिषदका अधिकारीले वक्तव्य दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्