साउन १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत लाभांश पाउने « Artha Path
८ श्रावण २०७८, शुक्रबार

साउन १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत लाभांश पाउने



काठमाडौं । लक्ष्मी इक्विटी फण्डको बुकक्लोजको मिति तय गरेको छ । लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबद्र्धधित लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापमक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको हो ।

लक्ष्मी इक्विटी फन्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन १५ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साउन ७ गते सम्पन्न क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को लागि योजनाका इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्