सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटमा आज पनि बहस सकिएन, आइतबार फैसला आउनसक्ने « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटमा आज पनि बहस सकिएन, आइतबार फैसला आउनसक्ने



काठमाडौं । सामाजि सुरक्षा कोष विरुद्द परेको रिट हेर्दा हेर्दैमा राखिएको छ । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागी तोकिएको थियो । शुक्रबार पनि दुवै पक्षका वकिलहरुबीच बहस नसकिएपछि आइतबारका लागी पेशी तोकिएको हो ।

सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा परेको मुद्दा हेदाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतले उक्त मुद्दालाई हेर्दा हेर्दैमा राखेर आइतबार (साउन १० गते) का लागी पेशी तोकेको हो । शुक्रबार बहस भएपनि दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि आइतबारका लागी पेशी तोकेको हो ।

सर्वोच्च अदालतमा उक्त मुद्दामा बिहीबार पनि बहस भएको थियो । यसअघि असार ३१ गते मुद्दाको पेशी तोकिएपनि हेर्न नभ्याईने भन्दै स्थगित भएको थियो । कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा रिट दायर गरेका हुन् ।

शुक्रबार शम्भु थापा, कोमल घिमिरे लगायतका वकिलहरुले बहस गरेका थिए । शुक्रबार मुद्दामा बहस गर्दै थापाले संविधानमा भएको मौलिक हक पाउनुपर्ने र राज्यले जवरजस्ति गर्न नपाउने बताए । कर्मचारीले कमाएको सम्पतिमा कर्मचारी कै हक हुने गरी संविधानमा ब्यवस्था भएको वकिलहरुले दावी गरेका छन् । स्रोतका अनुसार आइतबार स्टे अर्डर आउन सक्ने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्