प्रतिकित्ता २१० रुपैयाँमा प्रभु बैंकले संस्थापक २ लाख कित्ता बिक्री गर्ने « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

प्रतिकित्ता २१० रुपैयाँमा प्रभु बैंकले संस्थापक २ लाख कित्ता बिक्री गर्ने



काठमामाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंक २ लाख बढी कित्ता संस्थापक सेयर साउन १५ गतेबाट लिलामीमा राखिने भएको छ ।

बैंकको कुल २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बेचिने भएको छ । लिलामी सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् ।

लिलामी सेयराको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या तथा कबोल गरेको प्रतिकित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र आउँदो साउन २९ गतेसम्म पेस गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्