थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ ।

त्यस्तै, २४ घण्टामा १ हजार ६७८ जना संक्रमित निको भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्