पहिलो पटक जनरल इन्स्योरेन्सले सीईओ पायो, श्रेष्ठले आजदेखि सम्हाले कार्यभार « Arthapath.com
१० श्रावण २०७८, आईतवार

पहिलो पटक जनरल इन्स्योरेन्सले सीईओ पायो, श्रेष्ठले आजदेखि सम्हाले कार्यभार



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रेष्ठलाई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो । कम्पनीले चार वर्षका लागि सिईओमा नियुक्त गरेका श्रेष्ठले आइतबारदेखि औपचारिक कार्यभार सम्हालेका छन् ।

बीमा समितिले श्रेष्ठलाई सीईओ बनाउन स्वीकृति दिएसँगै उनी कम्पनीको सीईओमा नियुक्त भएका हुन् । यसअघि कम्पनीले सीईओमा श्रेष्ठको नाम बीमा समितिमा स्वीकृतिको लागी पत्र पठाएको थियो । बीमा समितिले शुक्रबार स्वीकृति दिए पछि श्रेष्ठ कम्पनीको सिइओमा नियुक्त भएका हुन् । पहिलो पटक कम्पनीले सीईओमा रुपमा श्रेष्ठलाई नियुक्त गरेको हो । कम्पनीको स्थापनाकालदेखि सीईओ पद रिक्त रहेको थियो ।

इन्स्योरेन्सको महाप्रवन्धक रहेका एसके तमोटले कम्पनी छाडेपछि कामु सीईओमा श्रेष्ठलाई नियुक्त गरेको थियो । श्रेष्ठ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ छाडेर बैसाख १ गतेदेखी जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्