फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा रू ३०० सम्मको छुट पाइने « Arthapath.com
१० श्रावण २०७८, आईतवार

फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा रू ३०० सम्मको छुट पाइने



काठमाडौं । नेपालको सबैभन्दा पहिलो र ठुलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको अग्रणी मोबाइल वालेट इसेवाबिच सहकार्य भएको छ ।आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरु बिचको यस समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइलवालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । एक कार्यक्रमकाबीच फुडमाण्डू र इसेवा बिच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो ।

सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् । फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहजहुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भईरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौँ, यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ ।’

इसेवाको बृहत नेटवर्कमा भएकाग्राहकहरुले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्नेछन्, ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर मालीले भने । सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ । इसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रशाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्क भएको इसेवा जोडिन पाउँदा खुशीभएका छौं । यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ ।’ इसेवा र फुडमाण्डुको सहकार्यको अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा रु ३०० सम्मको छुट दिने घोषणा समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्