ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक, नेक्स्ट जेनरेशन कम्यूनिकेशनको भविस्य लक्षित « Arthapath.com
११ श्रावण २०७८, सोमबार

ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक, नेक्स्ट जेनरेशन कम्यूनिकेशनको भविस्य लक्षित



  • सिक्सजीले मौलिकरुपमा एआईले सिक्ने, अन्तरक्रिया गर्ने, निश्कर्ष निकाल्ने तथा प्रयोगमा ल्याउने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउँदै प्रविधि र त्यसका फाइदाहरु सबैका लागि उपलब्ध गराउनेछ ।
  • नयाँ पुस्ताका सञ्चार सञ्जालका लागि एआईले नयाँ आयामका रुपमा काम गर्दै एआईले सिक्सजी सञ्जाललाई स्व अनुकूलन तथा गतिशीलरुपमा प्रशासित हुने कार्यमा सघाउने छ ।

काठमाडौं । ओपो रिचर्स ईन्स्टिच्यूटले आधिकारिकरुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर-‘सिक्सजी एआई-क्यूब ईन्टेलिजेन्ट नेटवर्किङ्ग’ सार्वजनिक गरेको छ । आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा कसरी तेवा पु¥याउन सक्छ भन्ने दुरसञ्चार उद्योगकै पहिला पहिलो नमूनाका रुपमा यो ह्वाइट पेपरल अर्को पुस्ताको दुरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको छ ।

सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरु माथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोल प्रि-रिसर्च (पूर्व शोध) टोलीको गठन गरेको छ । सिक्सजीले एआईसंग मानव अन्तरक्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने ओपोको विश्वास छ । सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् । तिनले विभिन्न प्रयोग चरणहरु मार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआई मोडलहरुका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्नेछ ।

उदाहरणका लागि स्वचालित सवारीहरुमा सिक्सजी सञ्जालहरुले सवारीको अवस्थिती र वातावरण (समय र मोसम)का आधारमा उपयुक्त एआई अल्गोरिदमको उपयोग गर्दै इष्टतम (अप्टिमल) कम्यूनिकेशन कनेक्सनको छनोट गर्न सक्नेछन् । अन्य सवारी साधन तथा उपकरणका अनुभवको अधारमा सवारीले तत्सम् एआई अल्गोरिदम डाउनलोड गरी उपयोगमा ल्याउन सक्नेछन् । यसले सवारीले यात्रुलाई सर्वाधिक सुरक्षित र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कार्यमा सघाव मिल्ने छ ।

‘प्राविधिक विकास अग्रगामी हुनु पर्दछ । मोबाइल सञ्चार प्रविधि दशक लामो अवधिमा विकसित हुन्छन् र सन् २०३५ देखि ब्यवसायिक उपयोगितामा आउने सञ्चार प्रविधिको आउँदो पीढीको मानकीकरण सन् २०२५ मा सुरु हुने आशा गरिएको छ ।’, ओपोका चिफ ५ जी साईन्टिस्ट, हेनरी ट्यांगले भने, ‘सन् २०३५ नियाल्दा बौद्धिक एजेन्ट्स्ले ठूलो परिमाणमा मानव संख्यालाई पछि पार्ने ओपोको अनुमान छ । तसर्थ, आउदो पुस्ताको प्रविधि, सिक्सजीले मानव आवश्यकता मात्र नभई हरेक प्रकारका ईन्टेलिजेन्स र तिनका विभिन्न अन्तरक्रियात्मक आवश्यकताको पूर्ति गर्न सक्षम हुनुपर्ने देखिन्छ । यही उद्देश्यका साथ हामीले आफ्ना सुरुवाती प्राविधिक अध्ययन तथा प्रणालीगत डिजाइन अघि बढाएका छौँ ।’

विद्यमान सञ्जाललाई दि कन्ट्रोल प्लेन (सीपी) र दि यूजर प्लेन (यूपी) गरी दूई आयाममा विभाजित गर्न सकिन्छ । यूपीको प्रमुख भूमिका प्रयोगकर्ताले प्रत्यक्षरुपमा उपभोग गर्न सकिने गति तथा ढिदाई जस्ता नेटवर्क परफरमेन्सका लागि हुन्छ । त्यसैगरी सीपीको सम्बन्ध नेटवर्क कन्फिगरेशनसंग हुन्छ । यसको जिम्मेवारी भनेको चलायमान अवश्थामा विभिन्न अवस्था, अवस्थिती तथा नेटवर्क नोड्स मातहतपनि स्थिर नेटवक अपरेसन प्रदान गर्नु हुन्छ । यूपीलाई सहरी ट्राफिकमा तिब्र गतिमा अगाडी बढी रहेको सावरी मान्ने हो भने, सीपीलाई रोड ट्राफिक नियन्त्रकका रुपमा लिन सकिन्छ ।

स्मार्ट उपकरणका विद्यमान, सिमित गणना शक्ति र सञ्चय क्षमताका कारण तिनलाई ठूलो परिमाणका सामान्यीकृत एआई अल्गोरिदममा काम गर्न गाह्रो हुन्छ । फलतः यी उपकरणमा चल्न सक्ने विशेष एआईले अधिकांश प्रयोगकर्ताका ठूला डाटाको माग सम्बोधन गर्न असमर्थ छन् । तथापी, सिक्सजी सञ्जाल मातहत एआई डोमेनले परम्परागत बेस स्टेशन, डाटाबेस, एआई मोडल रिपोजिटरी र एप्लिकेशन सर्भर जस्ता बहुआयामिक भुमिका निभाउन सक्छन् ।

प्रस्तावित नेटवर्क अन्तर्गत सिक्सजी उपकरणलाई एआई डोमेन मातहत उपकरणको अवस्थिती र मागका आधारमा विनियोजित गरिन्छ । यस पश्चात उपयुक्त सञ्चार कनेक्शन मार्फत सम्बन्धित कार्य सम्पादनका लागि ती एआई डोमेनले सबैभन्दा उपयुक्त एआई अल्गोरिदम र आवश्यक प्रक्रियाको चयन र छनोट गर्छ । फोरजी र फाइभजी भन्दा फरक तवरले उपकरणको महत्वपूर्ण भूमिकाका साथै सिक्सजीमा निर्णय लिने सञ्जाल अग्र्यानिक तवरमै उपकरण तथा सञ्जालमै एकिकृत गरिएको हुन्छ ।

भविष्यमा विश्वको सिक्सजी मापदण्ड निर्माणमा सहयोग पु¥याउने सोचका साथ ओपोले सिक्सजी प्रविधि अन्तर्गत पूर्व अनुसन्धान कार्य जारी राख्नेछ । फाइभजीको लोकप्रियताका लागि प्रमुख योगदानकर्ताका रुपमा ओपोले आफ्ना पार्टनर्सहरु संगको सहकार्यलाई निरन्तर्ता दिँदै ठूलो परिमाणमा फाइभजीको ब्यवसायिकरणलाई बढावा दिने कार्यलाई पनि निरन्तर्ता दिनेछ । कम्पनीको मूल उद्देश्य सबैलाई फाईदा पुग्ने हेतुले सञ्चार प्रविधिमा क्रान्तिकारी परिर्वतन ल्याउँदै ईन्टरनेट अफ एक्स्पेरियन्सको विकासमा अग्रगामी नेतृत्वदायी भूमिका निभाउने रहने जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्