एनआईसी एशिया लघुवित्तको ३ दिने कार्यक्रम सम्पन्न « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

एनआईसी एशिया लघुवित्तको ३ दिने कार्यक्रम सम्पन्न



काठमाडौं । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्तले ३ दिने ट्रान्सफर्मशन अफ ट्रान्सफर्मशन राइडर्स कार्यक्रम सम्पन्न गरेको छ ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरीकै प्रदेश प्रमुख, प्रदेश उप–प्रमुखहरुको सहभागितामा ट्रान्सफर्मशन अफ ट्रान्सफर्मशन राइडर्स (Transformation of Transformation Riders) विषयक कार्यक्रम साउन ९ गतेदेखि ११ गतेसम्म गरेको छ

नयाँ आर्थिक बर्ष २०७८–०७९ को रणनीति, पञ्च वर्षीय योजना, व्यवसाय प्रबर्धन, क्षमता अभिबृद्धि, जोखिम व्यवस्थापन, डिजिटलाइजेसन, आन्तरीक लेखा परिक्षणका कैफियत सुधार, भाखा नाघेका कर्जा व्यवस्थापन, कानुनी व्यवस्था, मानब व्यवस्थापन तथा सम्पति व्यवस्थापन विषयमा संस्थाका कार्यकारी प्रमुख लक्ष्मण चालिसे, सम्पूर्ण विभागिय प्रमुख लगाएत अन्य सम्बन्धित कर्मचारीहरुले प्रशिक्षण दिएका थिए ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालीसेले लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको, विपन्न तथा सीमान्तकृत वर्गका जनताहरुको आय—आर्जन, स्वरोजगार, जीवीकोपार्जन र सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने संस्थागत र व्यवसायिक लक्ष्य लिएके बताएका छन् । विभिन्न शाखा कार्यालयहरु मार्फत विपन्न वर्गकोे आर्थिक अवस्थामा सुधार ल्याउन आर्थिक गतिविधिका साथै वित्तीय साक्षरता र सामाजिक विकासका विभिन्न कार्यक्रमहरु महत्वका साथ संचालन गर्दै आइरहेको बताएका छन् । संस्था स्थापनाको ४ बर्ष पुरा गरी ५ औं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सम्पूण कर्मचारीहरुलाई उच्च मनोबलका साथ सकारात्मक भई कार्य गर्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्