शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न नेप्सेको आग्रह « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न नेप्सेको आग्रह



काठमाडौं । नेपाल स्टक एकसचेञ्ज नेप्सेले शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न आग्रह गरेको छ । आज बुधबार एक सूचना जारी गर्दै नेप्सेले शेयर लगनीकर्तालाई स्थाई लेखा नम्बर अपडेट गर्न आग्रह गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गको सिएनएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दा अधिंकाश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक फरक हुने गरेको पाईएको हुँदा आफ्नो स्थायी लेखा नम्बर एकिन हुन अनुरोध लगानिकतालाई गरेको छ ।

उक्त फरक स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभागको साइटमा अपलोड हुन नसक्ने उक्त सुचनामा उल्लेख गरिएको छ । त्यसैगरी लगानीकर्ताबाट समेत विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनाँसो समेत आएको आफनो स्थाई नम्बर अपडेट गर्न नेप्सेले अनुरोध गरेको छ ।

फरक स्थायी लेखा नम्बर प्रविष्टि गरेको कारण विवरण रुजु नभएमा तथा फरक स्थायी लेखा नम्बरको कारणले लगानीकर्ताको वास्तविक स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर नगएमा स्वयं सदस्य दलाल व्यवसायी जवाफदेही हुनुपर्ने र लगानीकर्ताले पनि आफ्नो स्थायी लेखा नम्बर ठिक भए नभएको रुजु गरी यकिन हुन नेप्सेले लगानिकर्ताले अनुरोध गरेको छ ।


यस्तो छ नेप्सेले जारी गरेको सुचना

Tags :

प्रतिक्रिया दिनुहोस्