दुर्घटनामा ज्यान गुमाएका गुरुङका परिवारलाई मेगा बैंकले दियो बाट ७ लाख « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

दुर्घटनामा ज्यान गुमाएका गुरुङका परिवारलाई मेगा बैंकले दियो बाट ७ लाख



काठमाडौँ । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा बापत सात लाख रुपैँया हस्तारन्तरण गरेको हो ।

मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी श्रीमति ममिता गुरुङलाई बिमा बापतको रकम हस्तान्तरण गरेको बैंक्ले जनाएको छ । संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्