युपिएफको आयोजनामा एशिया प्यासफिक स्तरिय नेतृत्व सम्मेलन सम्पन्न « Arthapath.com
१४ श्रावण २०७८, बिहीबार

युपिएफको आयोजनामा एशिया प्यासफिक स्तरिय नेतृत्व सम्मेलन सम्पन्न



कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनर्मिलनतर्फः ट्र्याक २ कूटनीतिमा उत्तम अभ्यासहरूबारे छलफल

कोरियाली राष्ट्रहरुको पुनर्मिलन विश्व शान्ति र सुरक्षाको लागि अपरिहार्य

काठमाण्डौ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजना गरेको एशिया प्रसान्त नेतृत्व र थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिक स्तरिय दुई दिने नेतृत्व सम्मेलन सम्पन्न भएको छ । यहि साउन १३ र १४ गते अर्थात २०२१ को जुलाइ महिनाको २८ र २९का दिन भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलन र एसिया प्रशान्तमा शान्ति र सुरक्षा विषयमा  बिभिन्न दृष्टिकोणहरुमा  एशिया प्यासफिक क्षेत्रका बिज्ञहरुले जोड दिएका छन् ।  

सम्मेलनमा लागि तीन दर्जन भन्दा बढी राष्ट्रका हजारौ व्यक्तिले  सहभागीता रहेको छ भने  ४० भन्दा जना वक्ताहरुले दूई कोरियाबीचको पुनमिलनको सम्भाब्यताबारे बोलेका थिए । सम्मेलनमा राष्ट्रका पूर्व राष्ट्र प्रमुख ,संसद, कुटनितिक विज्ञहरूले सम्बोधन गदै कोरिया पुनमिलनको बारेमा एक्यबद्धता प्रकट गरे । सन २००५ मा. डा. सुन म्योङ मुन र उहाँकी धर्मपत्नी डा. हाक जा हान मुन (जो अहिले विश्व शान्ति अभियानको नेतृत्व गरिरहनु भएको छ ।

सम्मेलनमा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले यदि दुई कोरियाबीच पुनर्मिलन एक मात्र तरिका हो जुन पृथक परिवारका पीडित हृदयहरूलाई निको पार्छ । कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउछ भन्ने हैन  पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पु¥याउँछ ।  उपराष्ट्रपति झाले एक शान्त र एकीकृत कोरिया जुन युद्धको डरबाट मुक्त हुनेछ जो उत्तरपूर्वी एसियामा आर्थिक विकासको लागि उत्प्रेरक बन्ने दाबी गदै दुबै कोरियाको एउटै धर्म, समानभाषा, समान संस्कृति र समान परम्परा रहेको बताउनु भयो ।

पूर्वमन्त्री हिसीला यमीले नेपालको शान्ति प्रकृयाको बारेमा चर्चा गदै विश्वलाई एकताबद्ध गर्ने उपयुक्त माध्यमनै बार्ता र छलफल भएको बताईन ।  उनले दुई कोरियालीहरु बीचको प्रगति मध्यस्थतामा कुरा गर्न रसिया र चाइनाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताईन ।  

सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए । ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए । युपीएफ एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले बुद्ध जन्मिएको देश नेपाल र शान्तिप्रेमी नेपालिहरु सदैव शान्तिको पक्षमा उभिने बताए ।  
लामो विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि गरेका थिए  । सम्मेलनमा एशिया प्यासफिक क्षेत्रका लाखौ मानिसहरुले सामाजिक सञ्जाल मार्फत कार्यक्रममा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्