फेरी बढ्यो सुनचाँदीको मुल्य, कति छ तोलामा ? « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

फेरी बढ्यो सुनचाँदीको मुल्य, कति छ तोलामा ?



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य बढेको छ । आज सुन एकैदिन तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ९ सय तेजावि सुन ९२ हजार ४ सयमा कारोबार भइरहेको नेपनल सनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि एकैदिन तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

हिजो विहिबारसुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सय र चाँदी एकैदिन तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुन ३ सय रुपैयाँले बढेर छापाला सुन प्रतितोला ९२ हजार १ सय र तेजावि सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी मंगलबार स्थिर रहेको सुन तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुन तोलामा ३ सयले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ८ सय र तेजावि सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ भने स्थिर रहदै प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

हिजो सोमबार सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन ९२ हजार १ सय र तेजावि सुन ९१ हजार ६ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्