शुक्रबार थप ३६११ जनामा कोरोना संक्रमण, २७ जनाको मुत्यु « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

शुक्रबार थप ३६११ जनामा कोरोना संक्रमण, २७ जनाको मुत्यु



काठमाडौं । आज शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्तालयका अनुसार १४ हजार ६ सय ६१ जनामा गरिएको परिक्षणमा ३ हजार ६ सय ११ जनामा स.क्रमण पुष्टि भएको हो । पिसिआर परिक्षण विधिबाट २ हजार ४ सय ६७ र एन्टिजेन विधिबाट १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ

त्यसैगरी सोहि समयमा १ हजार ८ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ । हाल देशभर ३१ हजार १४ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्