नबिल बैंक र डी भी एक्सिलस बिच किसानहरुलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य « Arthapath.com
१६ श्रावण २०७८, शनिबार

नबिल बैंक र डी भी एक्सिलस बिच किसानहरुलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य



काठमाडौं । नबिल बैंक र डी भी एक्सिलस विच सहकायै गर्ने सम्झौता भएको छ । बैंक र डी भी एक्सिलस khati app द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहुचको प्रदान गर्न सहकार्य भएको हो ।

उक्त साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहु‘च प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडी बढेको छ । यसै गरी, किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन् ।

सक्झौता पत्रमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डी भी एक्सिलसका निदेशक देवेश प्रधानल हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्