एनआईसी एशियाले ३ कम्पनीको साढे ७ लाख कित्ता सेयर बिक्री खुला गर्यो, कुनको कति ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

एनआईसी एशियाले ३ कम्पनीको साढे ७ लाख कित्ता सेयर बिक्री खुला गर्यो, कुनको कति ?



काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको संस्थापक सेयर आज (साउन १९ गते, मंगलबार) देखि बिक्री खुला गरेको हो । बैंकले ३ कम्पनीको ७ लाख ४९ हजार ९७३ कित्ता सेयर बिक्री खुला गरेको हो ।

बैंकले मेरो माइक्रोफाइनान्सको ८९ हजार ४३९ कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १० हजार १६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

बैंकले बिक्रीमा ल्याएको संस्थापक सेयरतर्फको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड प्रतिकित्ता मूल्य ५९५ रुपैयाँ, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड प्रतिकित्ता मूल्य ५०६ रुपैयाँ र नागरिक लगानी कोष प्रतिकित्ता मूल्य १४३६ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले साउन २९ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम १ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्