आत्मनिर्भर लघुवित्तले १ लाख ८० कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

आत्मनिर्भर लघुवित्तले १ लाख ८० कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । घोराही दाङमा रजिष्ट्रार कार्यालय भएको यस लघुवित्तले आईपीओ निष्कासन गर्ने तयारी थालेको हो ।

कम्पनीले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले साधारण सेयर निष्कासन तथा क्रिी प्रबन्धकमा सनराइज क्यािपटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार आत्मनिर्भर लघुवित्त र सनराइज क्यापिटलबीच आईपीओ निष्कासन गर्नेसम्वन्धि सम्झौता भएको हो ।

सम्झौतापत्रमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी र सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठकाबीच द्धिपक्षीय हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्