प्रतिकित्ता ३२५ रुपैयाँमा मुक्तिनाथ विकास बैंकको १ लाख बढी कित्ता सेयर बिक्री खुला « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

प्रतिकित्ता ३२५ रुपैयाँमा मुक्तिनाथ विकास बैंकको १ लाख बढी कित्ता सेयर बिक्री खुला



काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्री खुला गरिएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख बढी कित्ता संस्थापक सेयर आज (साउन १९ गते, मंगलबार) देखि लिलामीमा बिक्री खुला गरेको हो ।

बैंकले १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । उक्त सेयरमा विद्यमान संस्थापक वा योग्य जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयरमा भदौ २२ गतेसम्म आवेदन दिनसक्नेछन् ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १० अंकको गुणांकमा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ । बोलपत्र काठमाण्डौको हात्तीसारस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्