कक्षा १२ को परीक्षा स्थगित भएको छैन :अध्यक्ष चन्द्रमणि पौडेल « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

कक्षा १२ को परीक्षा स्थगित भएको छैन :अध्यक्ष चन्द्रमणि पौडेल



काठमाडौं । कक्षा १२ को परिक्षा स्थगित नभएको र तोकिएकै मितिमा हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । केहि सञ्चार माध्यमले परिक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको र तोकिएकै मितिमा हुने राष्ट्रिय परीक्षा बोडका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिएका छन ।

जनस्वास्थ्यका मापदण्ड पालना गरि साउन ३१ गते देखि परीक्षा सञ्चालन हुने भएकोले सवै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गरेका छन ।

गएको जेठ महिनामा हुनु पर्ने १२ कक्षाको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर बढेपछि स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्