२ कम्पनिले मागे ३ लाख कित्ता आईपीओ निष्काशनको अनुमति, कुनको कति ? « Arthapath.com
२० श्रावण २०७८, बुधबार

२ कम्पनिले मागे ३ लाख कित्ता आईपीओ निष्काशनको अनुमति, कुनको कति ?



काठमाडौं । २ कम्पनिले आईपीओ निष्काशनको अनुमति मागेको छ । उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा साउन १३ गते आवेदन दिएका हुन ।

उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको बोर्डले जनाएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

त्यसैगरी रिभर फल्स पावर लिमिटेडले ३४ करोड ६० लाख रुपैयाँ बराबरको स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३४ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको हो । कम्पनिको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्