विश्वविद्यालयका सम्पूर्ण परीक्षा पुनः एक साताका लागि स्थगित
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षा एक साताका लागी स्थगित गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले सूचना प्काशन गरी परिक्षा पुनः एक साताका लागि स्थगित गरिएको हो । मध्यपश्चिम विश्वविद्यालयले साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा एक साताका लागि स्थगित गरेको जनाएको छ ।
संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलनमा रहेको र वार्ता टुंगोमा पुग्न नसक्दा परीक्षा स्थगित गरिएको हो ।
परीक्षा व्यवस्थापन सह–प्रमुख नरेन्द्रप्रकाश साउदद्वारा जारी विज्ञप्तिमा परीक्षा व्यवस्थापन कार्यालयको ११ गतेको सूचना अनुसार एक हप्ता पछाडि सारिएको परीक्षा निर्धारित समयमा सम्पन्न गर्न तत्पर रहँदारहँदै पनि असमान्य परिस्थितिका कारण पूर्वनिर्धारित परीक्षाका कार्यक्रम पुनः एक हप्ताका लागि सारिएको उल्लेख गरिएको छ ।