३ करोड खराव कर्जा उठाएको स्वाभिमान लघुवित्तको नाफा र जगेडा कोष बढ्यो, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

३ करोड खराव कर्जा उठाएको स्वाभिमान लघुवित्तको नाफा र जगेडा कोष बढ्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । कम्पनिले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १५५।३१ अंकले उकालो लागेको छ ।

नाफा संगै कम्पनिको जगेडा कोष उल्लेख्य रुपमा बढेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड १८ लाख रुपैयाँ रहेको नगेडा कोष बढेर ६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६४।९२ अंकले बढेको हो ।

नाफा जगेडा कोष संगै कम्पनिको निक्षेप ३८.८७ प्रतिशत कर्जा लगानी ४७.१६ प्रतिशत र सापटी ६७.६३ प्रतिशतले उकालो लागेको उक्त विवरणमा उल्लेख छ । त्यसैगरी कम्पनिले ३ करोड ९७ लाख रुपैयाँ खराव कर्जा समेत कम्पनिले उठाएको छ । कम्पनिको खुद ब्याज आम्दानी ५५.४३प्रतिशतले उकालो लागेको छ । ४३।२८ अंकले सञ्चालन आम्दानी बढेको छ ।

लघुवित्तको सबै सचकमा सकारात्मक परिवर्तन भएसैगै प्रतिशेयर आम्दानी पनि बढेको छ । प्रतिशेयर आम्दानी बढेर ३६ रुपैयाँ ९४ पैसा बढेर ६० रुपैयाँ ७३ पैसा पुगेको छ । भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७२ पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्