३२ लघुवित्तले सार्वजनिक गरे वित्तीय विवरण, कुन लघुवित्तले कति नाफा कमाए ? « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

३२ लघुवित्तले सार्वजनिक गरे वित्तीय विवरण, कुन लघुवित्तले कति नाफा कमाए ?



काठमाडौं । विभिन्न लघुवित्तले गत आर्थिक बर्ष २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त संस्थामध्ये अधिकांशको नाफामा ब्यापक बृद्धि भएको छ । हालसम्म विभिन्न ३२ कम्पनीले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको तथ्याङक अनुसार ७० वटा लघुवित्त सञ्चालनमा भएपनि केही संस्थाले भने सार्वजनिक गर्न बाँकी रहेको छ ।

३२ वटा लघुवित्तको तथ्याङ्क अनुसार अधिकांश लघुवित्तको खुद नाफा बढेको छ भने एउटाको मात्रै घटेको छ । आरएमडिसी लघुवित्तको खुद नाफा १८.६८ प्रतिशतले घटेको हो भने अरु सबै खुद नाफामा बृद्धि भएको हो ।

कोरोना महामारीमा पनि लघुवित्तको नाफामा बृद्धि भएको छ । कोरोना महामारीले गर्दा अर्थतन्त्र चौपट भएका बेला लघुवित्तको नाफा भने ब्यापक रुपमा बढेको छ । अघिल्लो वर्ष बाँकी रहेको ऋणको ब्याज तिरेकाले लघुवित्तको नाफामा बृद्धि भएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले बताए । अध्यक्ष लम्सालले भने, “पोहोर साल ऋणको ब्याज तिर्न बाँकि थियो, पोहोर साल तिर्न बाँकी रहेको ब्याज गत बर्ष भुक्तानी गरेकाले नाफा बढ्न गएको हो भने अर्काे बैंकहरुमा तरलता उच्च भएकाले लघुवित्तहरुले कस्ट घटाउँदा पनि नाफा बढेको हो ।”

विभिन्न ३२ लघुवित्तको नाफा


प्रतिक्रिया दिनुहोस्