साताको अन्तिम दिन नेप्से १६ अंकले घट्यो « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

साताको अन्तिम दिन नेप्से १६ अंकले घट्यो



काठमाडौं । साताको अन्तिम दिन आज बिहिबार नेप्से १६ अंकले ओरालो लागेको छ । हिजो १२ अंकले बढेको नेप्से आज १६ अंकले घटेको छ । आज १२ अंकले घटेर नेप्से परिसुचक ३१०७.४५ अंकमा पुगेर बन्द भएको छ ।


आज दिनभर २ सय २६ कम्पनिको २८ करोड ८ लाख ४५ हजार ४ सय ३१ कित्ता शेयर १३ हजार ५ सय ४२ पटक किनबेच हुदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ५६ रुपैयाँको कारोबार भएको छ ।


आज बैंकिङ समुह र विकास बैंक समुह बाहेक सबै समुह राताम्मे भएको छ । आज सबैभन्दा बढि विकास बैंक समुहका लगानिकर्ताले कमाएक छन विकास बैंक समुह १०८.६९ अंकले बढेको छ भने बैंकिङ समुह ०.१२ अंकले बढेको हो ।

त्यसैगरी आज सबैभन्दा बढि हाईड्रोपावरका लगानिकर्ताले गुमाएका छन । आज हाईड्रोपावर समुह ७६.२४ अंकले ओरालो लागेको छ । माईक्रोफाइनजान्स समुह ३४.८२ जिवन विमा समुह ५३.१७ उत्पादन समुह ९०.८२ निर्जिवन विमा समुह ४९.९७ व्यापार समुह ४५.२७ होटल टुरीजम समुह ४३.५८ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्