बिहिबार थप ३९३८ जनामा कोरोना संक्रमण, ३७ जनाले ज्यान मुत्यु « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

बिहिबार थप ३९३८ जनामा कोरोना संक्रमण, ३७ जनाले ज्यान मुत्यु



काठमाडौं । आज बिहिबार पछिल्लो २४ घण्टामा थप ३ हहजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३७ जनाको कोरोना संक्रमणबाट मसत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ जना पुगेको छ । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्