सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको ३०–३० प्रतिशत लाभांश घोषणा « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको ३०–३० प्रतिशत लाभांश घोषणा



काठमाडौं । सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । सिद्धार्थ क्यापिटलको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

म्यचुअल फण्ड अन्तर्गत सिद्धार्थ इक्वीटि फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई ३०–३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

योजना ब्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २१ गते बसेको बैठकले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ लाई ३० प्रतिशतका दरले हुन आउने ३६ करोड रुपैयाँ प्रतिफल बाड्ने निर्णय भएको छ ।

त्यस्तै, सोही दिन बसेको बैठकले सिद्धार्थ इक्वीटि फण्डका लगानीकर्तालाई ३० प्रतिशतका दरले हुन आउने ४५ करोड रुपैयाँ बराबरको प्रतिफलत वितरण गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्