उन्नति सहकार्य लघुवित्तको छलाङ, नाफा १९३ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफा २ सय प्रतिशत बृद्धि
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १९२.८८ प्रतिशत बढेर ९ करोड ४९ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद नाफा ३ करोड २४ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३९.३८ प्रतिशत बढेर २४ करोड ५६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७ करोड ६२ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २००.५४ प्रतिशत बढेर १३ करोड ६९ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ४ करोड ५५ लाख ६४ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
लघुवित्तको चुक्ता पूँजी १७.८१ प्रतिशत बढेर १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष १३७.६५ प्रतिशत बढेर १२ करोड ३९ लाख ९६ हजार रुपैयाँ, निक्षेप संकलन १८.४७ प्रतिशतले बढेर ९१ करोड ६४ लाख १७ रुपैयाँ र कर्जा लगानी २९.६९ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ४९ लाख ८० हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २३ पैसाले बढेर ५३ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ३८ पैसा छ ।