घोडीघोडा लघुवित्तको घाटा १८ लाख पुग्यो,अन्य सुचक कस्तो छ ? « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

घोडीघोडा लघुवित्तको घाटा १८ लाख पुग्यो,अन्य सुचक कस्तो छ ?



काठमाडौ । घोडीघोडा लघुवित्त वित्तिय संस्था घाटामा गएको छ । कम्पनिले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा कम्पनिलाई १८ लाख ४३ हजार घाटा रहेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनिको नोक्सान १२ लाख २९ हजार मात्र रहेको थियो । यते गत वर्षको तुलनामा ६ लाख भन्दा बढि हो ।

कम्पनिको नाफा संगसंगै खुद बयाज आम्दानी पनि ओरालो लागेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनिको खुद ब्याज आम्दानी १३।७५ अंकले कम हो । गत आर्थिक वर्ष कम्पनिले एक करोड २३ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी लघुवित्तको सञ्चालन घाटा १८ लाख ४४ हजारबाट बढेर ५० लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

५४ लाख ४१ हजार रुपैयाँ ऋणात्मक जगेडा कोष भएको कम्पनिको चुक्ता पूँजी २ करोड ७६ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६७ पैसाले ऋणात्मक हेको छ । यस्तै प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ ३० पैसा रहेको छ ।

कोरोना संक्रमणको कारण कारोबारमा असर पुग्दा सबै सुचक नकारात्मक भएको कम्पनिले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्