नेप्सेमा पाँच कम्पनीको ३४ लाख १८ हजार कित्ता शेयर सुचिकृत, कुनको कति « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

नेप्सेमा पाँच कम्पनीको ३४ लाख १८ हजार कित्ता शेयर सुचिकृत, कुनको कति



काठमाडौं । नेप्सेमा पाँच कम्पनीको ३४ लाख १८ हजार कित्ता भन्दा बढि शेयर सुचिकृत भएको छ । आज शुक्रबार नेप्सेमा सुचिकुत हुनेमा नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रहेका छन ।

जसमा सबैभन्दा बढि नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनश शेयर बराबरकोे ३ लाख ६८ हजार कित्ता शेयर सूचिकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनश शेयरको दरले हुने १ लाख ४६ हजार ८९ दशमलव १ कित्ता शेयर सूचिकृत भएको छ । त्यसैगरी रिलायन्स फाइनान्स कम्पनीको १० प्रतिशत बोनशबराबरकोे ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता शेयर सूचिकृत भएको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनश बराबरले हुन आउने १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको ८ प्रतिशत बोनश बराबरको ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता शेयर सूचिकृत भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्