ग्लोबल आईएमई लघुवित्तले थप ७ शाखा विस्तार गर्यो « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

ग्लोबल आईएमई लघुवित्तले थप ७ शाखा विस्तार गर्यो



काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ ।

ग्लोबल आईएमई वित्तीय संस्थाले बाँकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा, उदयपुरको चुहाडे शाखा तथा झापाको धुलाबारी शाखा गरी थप ७ वटा शाखा विस्तार गरेको हो । नयाँ ७ वटा शाखा विस्तार भएसंगै शाखा सञ्जाल १०८ पुगेको छ ।

पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्तले ५१ वटा जिल्लामा १ सय ८ शाखा मार्फत सेवा दिदै आएको छ ।

लघुवित्तमा १ लाख २६ हजार ९९४ जना सदस्यहरु रहेका छन । उनीहरुबाट हालसम्म २ अर्ब १५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको भने ६ अर्ब ३७ करोड ११ लाख रुपैयाँ बराबर कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्