गरिमा विकास बैंकले किन्यो केसिएल एक्ट्यूट क्यापिटल, भदौ १५ भित्र ‘गरिमा क्यापिटल’को नामबाट कारोवार हुने « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

गरिमा विकास बैंकले किन्यो केसिएल एक्ट्यूट क्यापिटल, भदौ १५ भित्र ‘गरिमा क्यापिटल’को नामबाट कारोवार हुने



काठमाडौं । पछिल्लो समय आक्रामक बैकिङ गर्दैै आएको गरिमा विकास बैंककले केसिएल एक्ट्यूट क्यापिटलमा ५१ प्रतिसत लगानी थपेको छ । मर्चेन्ट बैंकिङको काम गर्ने हेतुले गरिमाले २०७५ असारमा धितोपत्र बोर्डबाट लाइसेन्स पाएको केसिएल एक्ट्यूट क्यापिटललाई किनेको हो ।

२४ करोड २० लाख चुक्ता पुँजी रहेको केसिएल एक्ट्यूट क्यापिटलमा गरिमाले १२ करोड ३९ लाख लगानी गर्ने भएको छ । केसिएल एक्ट्यूट क्यापिटलको १ साताअघि सम्पन्न साधारणसभाले गरिमालाई भित्र्याउने निर्णय पास भैसकेको क्यापिटलका अध्यक्ष दिपक पाण्डेले बताए ।

राष्ट्रिय स्तरको विकास बैंक गरिमाले मर्चेन्ट बैंकिङको काम गर्न केसिएल एक्ट्यूट क्यापिटललाई किनेको हो । आगामी भदौ १५ गतेभित्रै गरिमा क्यापिटलको नामबाट कारोवार हुने गरिमा विकास बैंकको सीईओ गोविन्द ढकालले बताए । आगामी दिनमा आक्रामक रुपमा बजारमा उपस्थिती जनाइ इन्भेष्टमेन्ट बैंकिङ, म्यूचुअल फण्ड र बुकबिल्डीङको काम गर्ने कम्पनीका कामु सीईओ निर्मल भट्टराईले बताए ।

२ महिना अघिनै गरिमा विकास बैंकका अध्यक्ष गोविन्द ढकाल र केसिएल एक्ट्यूट क्यापिटलको तर्फबाट दिपक पाण्डेले हस्ताक्षर गरेका थिए । छिट्टै संचालक समिति नयाँ गठन गरेर गरिमाको नामबाट कारोवार सुरु हुने अध्यक्ष पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस्