सपोर्ट लघुवित्तको नाफा २३५ प्रतिशत बढ्यो, सञ्चालन मुनाफा २५८ प्रतिशत बृद्धि, अन्य सूचक कस्ता ? « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

सपोर्ट लघुवित्तको नाफा २३५ प्रतिशत बढ्यो, सञ्चालन मुनाफा २५८ प्रतिशत बृद्धि, अन्य सूचक कस्ता ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा २३५ प्रतिशत बढेर ३ करोड ३१ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५३ प्रतिशत बढेर ८ करोड ७१ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ५ करोड ६७ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २५७.७४ प्रतिशत बढेर ५ करोड २६ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले १ करोड ४७ लाख ३० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

गत बर्षको अन्तिमसम्म लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर ६ करोड ६० लाख रुपैयाँ, जगेडा कोष १७५.०७ प्रतिशत बढेर ५ करोड २० लाख ९४ हजार रुपैयाँ, कर्जा ३.१६ प्रतिशत बढेर ७६ करोड १५ लाख ५३ हजार रुपैयाँ, निक्षेप संकलन १७.७५ प्रतिशत बढेर १९ करोड १९ लाख ९३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको जगेडा कोष १ करोड ८९ लाख ३८ हजार रुपैयाँ, सापटि ७३ करोड ८१ लाख ९८ हजार रुपैयाँ, निक्षेप संकलन १६ करोड ९८ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ३० पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.९१ गुणा रहेका छ ।


प्रतिक्रिया दिनुहोस्