नेप्सेलाई ३ दिनभित्र सर्वाेत्तम सिमेन्टको ओटिसी कारोबारको विवरण पठाउन अर्थको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले सर्वाेत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेप्सेका सीईओ साउदलाई ओटीसी कारोबार भएको विवरण पठाउन निर्देशन दिएको छ ।
बिहीबार अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग सर्वोत्तम सिमेन्टको ओटिसी कारोबारमा सेयर कारोबारको सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको हो ।
सर्वाेत्तम सिमेन्ट उद्योगको नेप्सेमा ओटिसी कारोबारका सम्वन्धमा कम्पनीले ओटिसी कारोबारका लागी निवेदन पेश गरेको हो, सो सम्वन्धमा स्वीकृति प्रदान गरिएको र शेयर कारोबारको विवरण ३ दिनभित्र महाशाखामा उपलब्ध गराउन निर्देशन दिइएको हो ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीइओ चन्द्र सिंह साउले परिवारको नाममका सर्वाेत्तम सिमेन्टको शेयर किनेको प्रमाण भेटिएपछि अर्थमन्त्रालयले पनि चासो देखाएको हो ।
